Gunla parva गुँला पर्व

Gunla parva गुँला पर्व

Gunla parva गुँला पर्व

 गुँला पर्व - मध्यपुर थिमि !!!

गुँला पर्व प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदा तिथिदेखि भाद्र शुक्ल प्रतिपदासम्म हुने एक माहिना लामो पर्ब हो जुन बौद्धमार्गी नेवार समुदायले  मनाउने गर्दछन्।


यस पर्वको अबधिभर नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, बाँसुरी बाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक बाजागाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।


 थिमिमा गुँला पर्वको समयमा धाःबाजा र बाँसुरी बाजा बजाई मन्दिर, बहा, बही, चैत्य परिक्रमा गरिने धार्मिक, सांगितिक एवं सामाजिक परम्परा यहाँका  "प्रजापति" र "शाक्य बज्राचार्य" समुदायले हालसम्म निरन्तरता दिदै आएका छन् भने, बिबिन्न कारणले रोकिराखेको मानन्धर समुदायको गुँलाबाजा पनि बि.स. २०७६ सालमा आफ्नो नौबाजा सहित मौलिक गुँलाबाजा २५ बर्षपछि आयोजना गरेको थियो । 

त्यस्तै, नगदेशबाट पनि यो परम्परालाई निरन्तरता दिदै आएको पाईन्छ ।


गुँला पर्ब

मध्यपुर थिमिमा पनि आज देखी गुँला पर्व(धर्म ) शुरु भएको छ ।

• “गुँला पर्व” नेपाल सम्ब्ँत को पात्रो अनुसार दँसौ महिना “गुँला” मा पर्छ |

• गुँला पर्वमा नेवार समुदायहरुले दान,धर्म गर्ने तथा चैत्य,विहार्,बाहाल जस्ता धर्मिक स्थल हरुमा गई पुजा आजा गर्ने परम्परा छ |

• श्रवाण्,भदौ महिना बाढि,पहिरो जाने र झरि पर्ने जस्ता प्राकितिक बिपत्ती 

आउने हुनाले दान धर्म तथा पुजा आजा गर्ने परम्परा छ |

• यो १ महिना भरी नौ वटा पर्व मनाइने भएकै कारण यस पर्वलाई स्थानिय 

भाषामा गुँला भनिन्छ|

• गुँला पर्व शुरु भएकै दिन देखी १ महिना सम्म गुँला:बाजा(धाँ:बाजा) ,पस्ता बाजा, प्वङा, ङाकु, पछिमा, धलक, ध्यमायेचा, नायेखिं, कोखिं, धाः, नगरा, डबडब, भुस्या, ख्वालीमाली ,बाँसुरी बाजा बजाएर नगरमा रहेका बिभिन्न मठ-मन्दिरहरु परिक्रमा गरिन्छ|



0 Response to "Gunla parva गुँला पर्व"

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel