Bhalbhal Ashtami / Bhagashti: भलभल अष्टमी / भगष्ठी

Bhalbhal Ashtami / Bhagashti: भलभल अष्टमी / भगष्ठी

 Bhalbhal Ashtami / Bhagashti: भलभल अष्टमी / भगष्ठी

 भलभल अष्टमी / भगष्ठी :

हरेक वर्ष तछलागा अष्टमी अर्थात् असार कृष्ण अष्टमीको दिनलाई भगष्ठी तिथी तथा भलभल अष्टमीको रुपमा लिइन्छ। यस अष्टमीलाई वर्षमा आउने ४ प्रमुख अष्टमी मध्ये एक मानिन्छ। यस दिन कुनै पनि शुभ कार्य गर्नको लागि साइत हेर्न नपर्ने विश्वास गरिन्छ भने विभिन्न स्थानमा पुजा जाने प्रचलन पनि रहेको छ।
भलभल अष्टमीको दिन मुख्यतः पशुपती क्षेत्रमा रहेको गवल अर्थात् देवपतन जयवागेश्वरीमा भव्य जात्रा हुने गर्दछ। यस दिन यहाँ मचाती जात्रा ( त्रिशूल जात्रा) हुने गर्दछ। तान्त्रिक विधिबाट बनाइएको ३ वटा खटमा बच्चाहरुलाई त्रिशूल रोपेको जसरी राखेर जात्रा गरिन्छ। किंवदन्ती अनुसार जयवागेश्वरी क्षेत्रमा नागर्जुन डाँडामा रहने ( जामाचो) राक्षसले बालबच्चा खाने, बाली नष्ट गर्ने आदि दु:ख दिन थाले। अति नै हुन थाले पछि रिसमा त्यहाँका बासिन्दाले राक्षसको बच्चाहरुलाई त्रिशुलमा रोपी देखाए । यसै पछि राक्षसले पीडा बुझेर दु:ख नदिने बाचा गरि गएको मानिन्छ। अर्को जनश्रुती अनुसार राक्षसले आसपासका भेगमा दु:ख दिएपछी जे गर्दा पनि समाउन नसक्दा एउटा तान्त्रिकले समाउन खोज्दा भागेर ग्वलमा लुक्न आए। सो तान्त्रिक ग्वलमा गइ सोधपुछ गर्दा त्यहाँको बासिन्दाले थाहा नभएको जवाफ दिएछन्। त्यसपछी राक्षसको बच्चालाई त्रिशुलमा राखेर घुमाएको देखेपछी राक्षस निस्केर दु:ख नदिने वचन दिई फर्केको मानिन्छ।
यस्तै अर्को किंवदन्ती अनुसार बन्धुदत्तका छोराको मृत्यु भएपछी सो मृत शरिरलाई उनले एउटा कोठामा लुकाएर राखे र छोरालाई जिवित बनाउन उनी अमृत घडा लिन गए। सोही बेला श्रीमानको कुरा नमानी उनका श्रीमतीले सो कोठाको ढोका खोलिदिए र यसपछी आफ्नो छोरालाई बचाउन नसकेको कुरामा रिस पोख्छन्। नागर्जुनबाट आएर राक्षसले दु:ख दिँदा पनि काठमाडौबासीले केही सहयोग नगरेको कारणले ग्वलबासीले काठमाडौ बासीलाई गाली दिने प्रचलन पनि रहेको छ।
यसै तिथिमा भक्तपुरमा ९ महिनाको लामो अविधिसम्म चल्ने नवदुर्गा नाचको पनि यसै दिन समापन गरि अन्त्येष्टि गरिन्छ। साथै १२ वर्षमा एकपल्ट देखाइने किर्तिपुरको बाघभैरव नाच, काठमाडौको पचली भैरव १२ वर्षे खड्गसिद्धी नाच, भद्रकाली १२ वर्षे नाच आदि विभिन्न नाचहरुको समापन पनि यसै तिथिमा गर्ने गरिन्छ। यसै दिनबाट नेवा: समुदायमा `श्री गंगा माई निरमल...´ भनी विभिन्न स्थानमा गंगा माईको स्तुति गाउने प्रचलन छ। भलभल अष्टमीको दिनमा पानी पर्दछ भनी पनि विश्वास गरिन्छ। ।
लेख : Frannkey Franz
तस्बिर : Rekha Shakya

0 Response to " Bhalbhal Ashtami / Bhagashti: भलभल अष्टमी / भगष्ठी "

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel