बुङ्गमतिको पिगं द्यको

बुङ्गमतिको पिगं द्यको

बुङ्गमतिको पिगं द्यको

पिगं द्य भनेको के हो ? बुङ्गमतिको पिगं द्यको नाम के हो ?

नेवाः समुदाय नेपाल मण्डलको आदिवासी/मुलवासी समुदाय हुन् । प्रकृति पुजा गर्नु , पुर्खाको पुजा गर्नु , कुल पुजा गर्नु, बलि चढाउनु, झारफुक गर्नु आदिवासी सँस्कृतिका लक्षणहरु हुन् जुन भारतवर्षमा उदय भएका धर्महरुको प्रभाव अघि प्रागऐतिहासिक कालमा विकसित भएका हुन् । ती मध्ये पुर्खा पुजन (ancestor worshipping ) को एक नमुना हो पिगं द्य पुजा गर्ने सँस्कृति ।
नेवाः वस्तीहरुको मसानघाट नजिकै रहने गरी आफ्नो पुर्खाको प्रतीक रुपमा स्थापना गरिएका ढुङ्गाको समुहलाई पिगं द्य भनिन्छ । विगतमा वितिसकेका पुर्खाहरुको अदृश्य/शक्ति/चेतना मसानघाट नजिकै रहने विश्वास गरिने भएकोले नै मसानघाट नजिकै पिगं द्य स्थापना गरि वर्षको एकपल्ट त्यहाँ गई पुजा गरि समय् बजि खाने चलन प्राय नेवाः वस्तीमा चलेको पाईन्छ। बुङ्गमतिमा भने चैत कृष्ण चतुर्दशी यानी पाहाचह्रे बेला पिगं पुजा गर्ने चलन चलेको पाइन्छ।
पिगं द्य परिसरमा झारफुक विद्या , बोक्सी विद्या इत्यादि सिक्ने सिकाउने कुरा हामी सबैले सुन्दै आइरहेका छौं । पछि मध्यकालमा ती ढुङ्गाहरुलाई अनेकौं तान्त्रिक देवी/देवताको रुपमा पुजा गर्ने गरिएको पाइन्छ । बुङ्गमतिमा पिगं द्यलाई ज्ञानेश्वरीको रुपमा पुजा गरिने कुरा त्यहाँ रहेको शिलापत्रमा उल्लेखित गरिएको छ । ज्ञानेश्वरीलाई बौद्ध भाषामा योगाम्बर/जोगाम्बर / ज्ञान डाकिनी भनेर भनिने गरिन्छ ।
१. बुङ्गमतीमा पिगंद्यलाई योगाम्वर (जोगाम्बर) को रुपमा पुजा पाठ होम गर्ने चलन रहेको छ । यहाँ सम्वत् ७९१ फागुन चतुर्दशीमा राखिएको शिलापत्र सर्वप्रथम हामीले भेटाएका छौं जसअनुसार यस पिगं द्यको चपातको निर्माण त्यो साल भएको थियो ।
२. योगाम्बर बज्रयानको निष्पन्नयोगावली र चतुर्पिता तन्त्र मा उल्लेखित अक्षोब्य बुद्ध कुलको ध्यानी तान्त्रिक देवता हो जसको समागम ज्ञान डाकिनी ( ज्ञानेश्वरी) सँग रहेको हुन्छ । यस समागम बाट नै करुणामयको जन्म भएको मानिन्छ ।
३. योगाम्बर तीनवटा मुखहरु (सेतो, निलो, रातो) र छ वटा हात भएको, हातमा बज्र,घण्टी,खप्परको कचौरा इत्यादी लिएको, बाघको छालामा बसेको देवता हो ।
४. यस पिगं द्य परिसरमा चैत कृष्णपक्ष चतुर्दशीको दिन सबेरै देखि पुजागर्न बुङ्गमतीवासीहरु सपरिवार जाने गर्दछन् र वरिपरि बसी समय्बजी खाने गर्दछन् । दिउँसो यस चपामा राजगुर्जुहरुद्वारा मासाहुटी होम गराउने चलन रहेको छ । आजकाल बोकाको बलि दिई गरिने यस यज्ञमा कुनै बेला नरबलि चढाइन्थ्यो भन्ने जनश्रूति रहेको छ । उच्चकोटीको यज्ञ भएको हुनाले यस यज्ञको समाप्ती पछि स्वर्गलोकमा खबर गर्न भङ्गेरा र परेवा बनाई हावामा छोड्ने र पाताल लोकमा खबर गर्न सर्प र माछाको प्रतिमा बनाई बागमतीमा बगाउने चलन रहेको छ ।
५. यज्ञ सकेपछि पिगं द्यलाई खतमा राखी जात्रा गरि बुङ्गमती लगिन्छ र नगर परिक्रमा गरि मच्छिन्द्रबहालको आगम देउता भएको निजी घरमा राखिन्छ ।
६. योगाम्बर पुजा र साधनाले वस्तीको रक्षा हुने ,ज्ञानको चक्षु खोल्ने र करुणा भाव वृद्धि हुने जनविश्वास गरिन्छ ।
७. बुङ्गद्य करुणामयको रथ बनाउने पुल्चोक र बुङ्गमती ईखाको स्थल र म्हेपी अजिमालाई पनि योगाम्बर स्थलको रुपमा लिने गरिन्छ ।
Source - Awakened Bungamati




0 Response to "बुङ्गमतिको पिगं द्यको "

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel