Nag Panchami:

Nag Panchami:

See the source image

 Nag Panchami:

According to Nepal Samvat every year, Nag Panchami will be celebrated in Nepali society on the day of Shrawan Shukla Panchami and Gunlathva Panchami. On this day, especially the Hindu religious followers will also do fast and worship by worshiping the snake.
On this day Newa: The community has also been trending to worship the snake special. On this day, especially in Taudah and Nagdaha fair will be worshiped by devotees in Nagpokhari of different places in the valley. Nag and Nag Panchami are found to have its own importance in different communities and it is celebrated accordingly. In this way, the worship of snake is considered very ancient in the Newa community and it is seen as nature worship instead of linking with religion.
On the basis of the legend, all the Nagraj and citizens in the tenure were about to go out with the flow of water when Mahamanjushree destroyed his residence while water was flowing from the valley in the form of a huge cockroach. It is said that Manjushree has given a place by making Nagrajs calm after understanding the lack of water in the future, apologizing to Nagrajs, worshiping them, making them calm and making them burn in different places. It is believed that the Newa community, who has been living in the valley since the same time, has started worshiping the snake. Neva: If the community still believes that a snake resides in every house and land, there is a trend to worship Nagraj before building a house in any land. When building a house like this, the trend of keeping a small hole in a corner of the house and giving place to a snake is still in progress. In this way, after building a house, worshiping forgiveness and giving place to a snake in the house, the valley is considered to be a fire in the ancient times and the residence of snakes. So, while doing any construction work, it is considered to be a trend of worshiping forgiveness in this land where Nagraj has the right to do.
Newa: In the community, Nagraj and citizens are also worshipped as a factor of rain. As the snake is connected to water, it is found that there is a trend of worshiping snake in the areas where Kaldhara, Dhungedhara, well, well etc. are all water source. In this context, during the time of King Narendra Dev, Guru Gorakhnath was angry with all the snakes of the valley and made his seat. After bringing Rato Machindranath to the valley, after Gorakhnath rises to visit his teacher, all the snakes became free, the stories of rain are still heard. Such story legends also emphasize the fact that the cobra gods are considered as the factor of rain.
Newa: In the society, the handwritten pictures made by Pu (painter community) are in the trend of worshiping with dung, milk, money etc. by sticking to the main door. It is believed to be free from disease, disease and negative powers if you give a place to a snake in the house.
According to Hindu religion, Rishi Kashyap's wife Kadru is considered as the mother of snakes. Similarly, Ashta Nag is considered as the protector and king of Patalolok by the name of Ananta, Vasuki, Padmanabha, Kambal, Shankhapal, Dhritarashtra, Takshak and Kulik, but in the Newa: community, believed Nag is worshipped. According to this day, the Neva: community has a tradition of traveling to the incredible pilgrimage in the valley. After Manjushree established the valley, believe Mahanag is considered to be given the responsibility of protecting the valley and water resources and the places where the same hopeless Mahanagas reside are considered to be the Mahatirtha. Currently, the construction of roads on the banks of the river and the rivers are garbage, this tradition has also disappeared.
1. holy pilgrimage, Gokarna: Takshak Nagraj
started Shanta Tirtha, Guhyeshwari: Sokshiki Nagraj
Thought Shankhar Tirtha, Shankhamool: Shankhapal Nagraj
left Raj Tirtha, Sanepa: Swarup Nagraj
left Manorath Tirtha, Tokhaduwa: Kulik Nagraj
never Nirmal Tirtha, Shobha Bhagwati: Aplal Nagraj
Lakhu Tirtha (Nidhan Tirtha), Kankeshwari: Nanda Nagraj and Upananda Nagraj
left knowledge pilgrimage, Bungmati: Vasuki Nagraj
left Chintamani Tirtha, Teku Dobhan: Varun Nagraj
10. Pramod pilgrimage, Dangaon: Padmadhaval Nagraj
11. Sulakshan Tirtha, BJP: Mahapadmadhaval Nagraj
left Jay Tirtha, Nakhkhu: Kanti Nagraj
Apart from this, different Nagraj and citizens are worshipped in the Newa: community, Karkotak Nagraj, Sesh Nagraj, Satya Nagraj, Karkotak citizens etc.

नाग पञ्चमी :
हरेक वर्ष नेपाल संवत् अनुसार गुंलाथ्व पञ्चमी तथा विक्रम संवत् अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नेपाली समाजमा नाग पञ्चमी मनाइने गरिन्छ। यस दिन विशेष गरि हिन्दु धर्मावलम्बीहरुले नागको पूजाआजा गरि व्रत तथा उपासना पनि गर्ने गरिन्छ।
यस दिन नेवा: समुदायले पनि नागको विशेष पुजा गर्ने प्रचलन रहि आएको छ। यस दिन, विशेष गरि टौदह र नागदहमा मेला लाग्ने गर्दछ भने उपत्यकामा रहेका विभिन्न स्थानका नागपोखरीहरुमा भक्तजनहरु पुजा गर्ने गर्दछन्। विभिन्न समुदायमा नाग र नाग पञ्चमीको आ-आफ्नै महत्व रहेको पाइन्छ र सोही अनुसार मनाइन्छ।यसै गरि नेवा: समुदायमा नागको पुजा अति प्राचीन मानिन्छ र यसलाई धर्मसँग नजोडी प्रकृति पुजाको रुपमा हेरिन्छ।
किंवदन्तीका आधारमा महामञ्जूश्रीले विशाल दहको रुपमा रहेको उपत्यकाबाट पानी बगाएको बेलामा आफ्नो बासस्थान बिगारेको रिसमा सो दहमा रहेका सबै नागराज तथा नागरानीहरु पानीको बहावसँगै बाहिर जान लागेका थिए। मञ्जूश्रीले नागराजहरु सो स्थानबाट बाहिर गएमा भविष्यमा हुने पानीको अभाव बुझी, नागराजहरुलाई क्षमा याचना गरि पूजा गरि शान्त बनाइ विभिन्न स्थानमा दह बनाएर स्थान दिएको कथन छ। सोही समय देखि नै उपत्यकामा बसोबास गर्दै आएका नेवा: समुदायले नाग पूजन थालेको विश्वास गरिन्छ।नेवा: समुदायमा अझै पनि हरेक घर तथा जग्गामा नागको बास रहेको विश्वास गरिन्छ भने कुनै पनि जग्गामा घर निर्माण गर्नु अघि नागराजको पूजा गर्ने प्रचलन रहि आएको छ। यसै गरि घर निर्माण गर्दा, घरको कुनै कुनामा एउटा सानो प्वाल राखी नागलाई स्थान दिने चलन पनि अझै कायमै रहेको पाइन्छ। यसरी घर निर्माण गर्दा क्षमा पूजा गर्नू तथा घरमा नागलाई स्थान दिनुको कारण, उपत्यका प्राचीनकालमा दह भएको र नागहरुको बासस्थान रहेको मानिन्छ।त्यसैले कुनै पनि निर्माण कार्य गर्दा, नागराजको अधिकार रहेको यो भूमीमा क्षमा पूजा गर्ने प्रचलन रहेको मानिन्छ।
नेवा: समुदायमा नागराज तथा नागरानीलाई वर्षाको कारकको रुपमा पनि पूजिन्छ। नागलाई पानीसँग जोडिने भएकोले कलधारा, ढुंगेधारा, कुवा, इनार आदि सबै पानीको स्रोत रहेको क्षेत्रमा नागको पूजा गर्ने प्रचलन रहेको पाइन्छ। यसै सन्दर्भमा राजा नरेन्द्रदेवको पालामा गुरु गोरखनाथले रिसमा उपत्यकाको सबै नागलाई वशमा पारी आफ्नो आसन बनाइ बसेकाले उपत्यकामा खडेरी परी हाहाकार मच्चिएक थियो। रातो मछिन्द्रनाथलाई उपत्यकामा ल्याइसकेपछी आफ्नो गुरुको दर्शन गर्न गोरखनाथ उठेपछी सबै नाग स्वतन्त्र भए पश्चात् वर्षा भएको कथाहरु अझै पनि सुन्न पाइन्छ। यस्ता कथा किंवदन्तीले पनि नागदेवताहरुलाई वर्षाको कारक मानिने कुरामा अझै बढी बल पुर्याउँछ।
नेवा: समाजमा पुँ ( चित्रकार समुदाय)हरु द्वारा बनाइएका हस्तलिखित चित्रहरु मूल ढोकामा गोबरले टासेर दुबो, दूध, पैसा आदि चढाइ पूज्ने चलन रहेको छ।यसरी घरमा नागलाई स्थान दिएमा रोग, व्याधी तथा नकारात्मक शक्तिहरुबाट मुक्त हुने विश्वास गरिन्छ।
हिन्दु धर्म अनुसार ऋषि कश्यपकी पत्नी कद्रुलाई नागहरुको आमा मानिन्छ। यसै गरि अनन्त, वासुकी, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कुलिक नाम गरि अष्ट नागलाई पाताललोकको संरक्षक तथा राजा मानिन्छ तर नेवा: समुदायमा भने २१ नागको पूजा हुने गर्दछ।यसै अनुसार यस दिन नेवा: समुदायमा उपत्यकामा रहेका १२ तीर्थको यात्रा गर्ने परम्परा रहेको छ। मञ्जूश्रीले उपत्यका स्थापना गरेपछी १२ महानागलाई उपत्यकाको रक्षा र जलस्रोतको जिम्मा दिएको मानिन्छ र सोहि १२ महानागहरु वसोवास गर्ने स्थलहरुलाई नै १२ महातीर्थ मानिन्छ।हाल, नदि तटमा बाटोहरुको निर्माण र नदिहरु फोहोर भएसँगै यो परम्परा पनि लुप्त भएको छ।
१. पुण्य तीर्थ , गोकर्ण : तक्षक नागराज
२. शान्त तीर्थ, गुह्येश्वरी : सोक्षिकी नागराज
३. शंखर तीर्थ, शंखमूल : शंखपाल नागराज
४. राज तीर्थ, सानेपा : स्वरुप नागराज
५. मनोरथ तीर्थ , टोखादुवा : कुलिक नागराज
६. निर्मल तीर्थ, शोभा भगवती: अपलाल नागराज
७. लखु तीर्थ ( निधान तीर्थ), कंकेश्वरी : नन्द नागराज र उपनन्द नागराज
८. ज्ञान तीर्थ, बुङ्गमती : वासुकी नागराज
९. चिन्तामणी तीर्थ, टेकु दोभान : वरुण नागराज
१०. प्रमोद तीर्थ, दानगाँ : पद्मधवल नागराज
११. सुलक्षण तीर्थ, भाजंगा : महापद्मधवल नागराज
१२. जय तीर्थ , नख्खु : कान्ति नागराज
यस बाहेक नेवा: समुदायमा कर्कोटक नागराज, शेष नागराज, सत्य नागराज, कर्कोटक नागरानी आदि विभिन्न नागराज तथा नागरानीको पुजा गर्ने गरिन्छ।

0 Response to "Nag Panchami:"

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel