Saparu, Shaya (Gaijatra) सापारु , साया ( गाइजात्रा)

Saparu, Shaya (Gaijatra) सापारु , साया ( गाइजात्रा)

Saparu, Shaya (Gaijatra)  सापारु , साया ( गाइजात्रा)

 सापारु , साया ( गाइजात्रा)

हरेक वर्ष नेपाल संवत् अनुसार गुंलागा: पारु तथा विक्रम संवत् अनुसार भाद्र कृष्ण प्रतिपदाको दिनलाई नेवा: समुदायले साया पर्वको रुपमा मनाउदै आएका छन्। जनै पुर्णिमा वा क्वाति पुर्णिमाको भोलिपल्ट मनाइने साया पर्व, मृत्यु संस्कारसँग जोडिएको एक अभिन्न पर्व हो। नेपालभाषामा `सा´ को अर्थ गाई र `या:´ को अर्थ जात्रा वा पर्व हो। यो पर्व प्रतिपदा तिथिमा मनाइने भएकोले यसलाई सापारु पनि भनिन्छ, नेपालभाषामा प्रतिपदालाई पारु भनिन्छ।
साया पर्व कहिलेबाट सुरु भयो र किन सुरु गरियो भन्नेबारेमा यकिन तथ्यहरु रहेको छैन तापनी गोपाल राजवंशावली अनुसार मृतकको नाममा यात्रा निकाल्ने परम्पराको उल्लेख भएको पाइन्छ। यसै गरि ने.सं ५०२ तिरका राजा जयस्थिती मल्लको समयमा राजखान्दानको मृत्यु भएको खण्डमा गीत गोविन्दावली गाउँदै देश परिक्रमा गर्ने परम्परा रहेको पाइन्छ।लिच्छविकालिन अभिलेखहरुमा पनि गौ उत्सव, गौ यात्रा, वृषभ यात्रा आदि विभिन्न नाम उल्लेख भएको अनुसार साया पर्व प्राचिनकाल देखि नै चल्दै आएको परम्परा हो भनी मान्न सकिन्छ। हिन्दुधर्मको ग्रन्थ पद्मपुराण तथा गरुडपुराणमा पनि गौ यात्राको बारेमा उल्लेख भएको पाइन्छ। पृथ्वीलोकमा गौ यात्रा निकाले पछि, सो मृतकको लागि बल्ल स्वर्गलोकको ढोका खोलिने कुरा गरुडपुराणमा उल्लेख भएको पाइन्छ। पृथ्वीलोकको १ वर्षको समय, देवलोकमा १ दिन हुने भएकोले यस दिन मृतकको घरबाट `सा छ्वेगु´ अर्थात, गाई पठाउने गर्यो भने स्वर्गको बाटो खुल्ने जनविश्वास गरिन्छ।
गौ यात्राको रुपमा प्राचिनकाल देखि नै चल्दै आएको भएपनी साया पर्वको हालको अवस्थाको श्रेय मल्लकालिन राजाहरुलाई जान्छ। किंवदन्तीका अनुसार काठमाडौमा राजा प्रताप मल्ल, पाटनमा राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा भुपतिन्द्र मल्लले यस यात्रामा थप गरि अझै उल्लासमय र उत्सवमय बनाएका थिए। किंवदन्तीका अनुसार काठमाडौका राजा प्रताप मल्लको कान्छो छोरा चक्रवतेन्द्र मल्लको अल्पायुमै मृत्यु भएपछी रानी शोकाकुल भए, उनलाई फकाउन र बुझाउन कयौं प्रयास गरेता पनि नसकेपछी राजाले, हरेक घरबाट आउने सायामा अझ थप गरि व्यंगात्मक रुपमा प्रस्तुत हुन आदेश जारी गरेका थिए। यसै पछि व्यंगात्मक रुपले साया आइ त्यस सँग सँगै ख्याली आए। यो देखेर रानीले सहन नसकेर बेस्सरी हाँसे, र अन्तत राजाले, संसारमा मृत्यु अपरिहार्य छ, र हाम्रै देशमा पनि जनताहरुको मृत्यु भइरहन्छ भनी बुझाउन सके। सोही समय देखि यो परम्परालाई निरन्तरता दिएको मानिन्छ भने राजाले, सो दिन राजा देखि रैतिसम्मका जसको पनि मजाक बनाउन पाइने गरि जनतालाई खुला गरेका थिए। यसको ज्वलन्त उदाहरण अहिले पनि गरिने ` ख्यालिं वयेगु´ हो , जसमा विभिन्न पात्रहरुको अभिनय गदै मजाक र व्यंगात्मक कुराहरु प्रस्तुत गरि रमाइलो गर्ने गरिन्छ। मृतकको घरबाट साया पठाएपछी, सो घरबाट खानेकुरा, रोटी आदि लगेर विभिन्न साया आउनेहरुलाई बाँड्नुपर्ने प्रचलन छ। हाल भने, बिस्कुट, चाउचाउ, पैसा इत्यादी बाँड्ने गरिन्छ भने दूध , फलफूल आदि पनि बाँड्ने गरिन्छ।
यसै गरि पाटनमा सायाको अवसरमा मनाइने अर्को मुख्य पर्व मतया हो। यो पर्व पाटन सहरभरी तथा दक्षिण ललितपुरका विभिन्न भेगहरुमा आ-आफ्नो तरिकाले मनाउने गरिन्छ। विशेष गरि नेवा: समुदाय भित्रका बौद्ध धर्मावलम्बीले मनाउने मतयामा सबैजन लामबद्ध भइ स्तोत्र, पाठहरु गाउँदै , ख्यालिं गर्दै रमाइलो तरिकाले देशका विभिन्न स्थान तथा बौद्ध विहारहरुको परिक्रमा गर्ने गरिन्छ। पाटनमा मनाइने यस पर्व लिच्छविकालिन राजा गुणकामदेवले सुरु गराएको मानिन्छ। यसरी परिक्रमा गरेमा, मृतकको आत्माले सुखावती भुवनमा बास पाउने जनविश्वास रहेको पाइन्छ। विशेषत बौद्धमार्गीहरुले मनाउने मतया पर्वमा सबैजनाले समान भाग लिएको पाइन्छ। दक्षिण ललितपुर भेगका बस्तिहरुमा सापारुको दिन साया गरिन्छ भने त्यसको भोलिपल्ट फेरि मतया पनि गर्ने प्रचलन रहेकोले यसले धार्मिक सहिष्णुता दर्शाउँछ।
यसै गरि, उपत्यकाको ३ सहरमध्ये सबैभन्दा बेग्लै रुपमा साया पर्व भक्तपुरमा मनाउने गरिन्छ। यस अवसरमा, घिन्ताङघिसी नाच, माक प्याखँ, फाकंदली प्याखँ, लुसी प्याखँ, नागाचा प्याखँ, म्हेखा प्याखँ आदि जस्ता विभिन्न नाचहरु नाच्ने गरिन्छ। अरु ठाउँमा २ दिन मनाइने साया पर्व भक्तपुरमा ८ दिन ९ रात सम्म सबैभन्दा लामो समयसम्म मनाइन्छ। भक्तपुरमा साया पर्वको मुख्य आकर्षण भनेको ताहामचा हो। ४ वटा बाँसलाई ठड्याएर लाम्चो आकारमा बनाइने ताहामचालाई गाईको रुप वा स्वर्ग जाने भर्याङको रुपमा लिइन्छ। नगर परिक्रमा गरिसकेपछी भने यसलाई आ-आफ्नो स्थानको चलन अनुसार सेलाउने गरिन्छ।
यसरी उपत्यकामा ३ सहरमा भिन्दा भिन्दै तरिकाले साया पर्व मनाउने गरिन्छ, ता पनि यस पर्वको मूल भाव भने, मृतकको आत्माले शान्ती पाओस् र स्वर्गमा बास होस भन्ने रहेको छ। यो पर्व उपत्यका भित्र मात्र नभइ नेवा: समुदाय रहेको हरेक स्थानमा मनाउने गरिन्छ। विभिन्न समयमा व्यापारको कारण, राजाको अत्याचारको कारण तथा प्राकृतिक प्रकोपका कारण उपत्यकाबाट सरेर विभिन्न स्थानमा छरिएर रहेको नेवा: समुदाय, आफू जहाँ जहाँ गए, त्यहाँ आफ्नो संस्कृतिलाई निरन्तरता दिएको पाइन्छ।
लेख : Frannkey Franz
तस्बिर : Wikipedia / Google



Saparu, Shaya (Gaijatra)
According to Nepal Samvat every year, Gunglaga: Paru and Vikram Samvat, the Newa: community is celebrating the day of Bhadra Krishna Pratipada as a festival of Shaya. The Shaya festival, which is celebrated on the day of Janai Purnima or Kwati Purnima, is an integral festival linked to the rites of death. In Nepal language, ' Sa ' means cow and ' Ya: ' means Jatra or festival. As this festival is celebrated on Pratipada Tithi, it is also called Saparu, Pratipada in Nepal language is called Paru.
There are no sure facts about when the Saya festival started and why it started, yet according to the Gopal dynasty, it is found to be mentioned in the name of the deceased. Do it like this. If Rajkhandan died during the time of King Jayasthiti Malla, it is found that there is a tradition of going around the country by singing Govindawali. In the Lichhavikalin records, Cow Festival, Cow Yatra, Taurus Yatra, etc. as mentioned in different names, it can be considered as a tradition that has been going on since ancient times. It is found that the book of Hinduism is mentioned in Padmapuran and Garudapuran also about cow travel. It is mentioned in Garudpuran that the door of heaven will be opened for the deceased after the cow travel on earth. It is the time of years of the earth, as there will be days in Devlok, on this day, 'Sa Chwegu' from the house of the deceased, that is, if you send a cow, the path of heaven will be opened.
Though it has been going on as a cow journey since ancient times, the credit for the current situation of the Shaya festival goes to the Mallakalin kings. According to the legend, King Pratap Malla in Kathmandu, King Siddhinarsingh Malla in Patan and Bhupatindra Malla in Bhaktapur made this journey more fun and festive. According to the legend, the queen was mourned after the death of King Pratap Malla's youngest son Chakrabatendra Malla of Kathmandu died shortly, even after many attempts to convey and convince him, the king had issued an order to be more sarcastic in the shadow coming from every house. After this, the shadow came in sarcastic form and with that the fame came. The queen laughed so hard seeing this, and finally the king made her understand that death is inevitable in the world, and people are dying in our own country too. From the same time, this tradition is considered to be continuous, the king had opened it to the public that day from king to night to make fun of anyone. The firing example of this is still a 'Khyali Wayegu', where different characters are acting, presenting jokes and sarcastic things. After sending shadow from the house of the deceased, there is a trend of taking food, bread etc from the house and distributing it to those who come to different shadows. At present, if biscuits, noodles, money etc are distributed, milk, fruits etc will also be distributed.
In this way, another main festival celebrated in Patan on the occasion of Shaya is Mataya. This festival is celebrated in its own way across Patan city and in different parts of South Lalitpur. Especially in Newa: In the opinion of the Buddhist religion within the community, everyone is engaged in singing, singing, reciting, reciting and circulating different places and Buddhist vihars of the country in a fun way. This festival celebrated in Patan is considered to be started by Raja Gunakamdev. If you circulate in this way, you will find that the soul of the deceased will get residence in Sukhawati Bhuwan. It is found that everyone has participated in the Mataya festival, especially celebrated by Buddhist Margis. It shows religious tolerance as the day of Saparu is celebrated in the settlements of South Lalitpur and the next day of voting is also prevailed.
Similarly, the festival of Shaya is celebrated in Bhaktapur in the most different way among the citrus of the valley. On this occasion, various dances such as Ghintangghisi dance, Mak Pyakhan, Fakandali Pyakhan, Lucy Pyakhan, Nagacha Pyakhan, Mahekha Pyakhan etc. will be danced. In other places, the Shaya festival which is celebrated on th day in Bhaktapur is celebrated for the longest time till th night. The main attraction of the Shaya festival in Bhaktapur is Tahamcha. The Tahamcha which is made in a long shape of bamboo is taken as a cow or as a staircase to go to heaven. After circulating the city, it will be sewed according to the trend of its place.
In this way, the festival of shadow is celebrated in different ways in the valley and in the city, yet the main price of this festival is that the soul of the deceased rest in peace and rest in heaven. This festival is celebrated not only in the valley but everywhere in the Newa: community. Newa: community, which has been scattered from the valley, due to business at different times, due to king's atrocity and natural disaster, is found to continue their culture wherever they go.

0 Response to "Saparu, Shaya (Gaijatra) सापारु , साया ( गाइजात्रा) "

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel